Logo

उपसभामुखलाई राजीनामा गराउने तयारी



Spread the love

२१ मंसिर, काठमाडौं । संसद अधिवेशनअघि नै उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी नेकपाको रहेको छ । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक बाध्यता रहेकाले नेकपाबाट सभामुखको उम्मेदवारी दिनुअघि उपसभामुखलाई राजीनामा गराउनुपर्नेछ । तर, तुम्बाहाङफेले भने आफू सभामुख हुने निश्चित नभई उपसभामुखबाट राजीनामा नदिने बताउँदै आएकी छन् ।

नेकपा स्रोतका अनुसार दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्ने समझदारीपछिमात्र शिवमायाको राजीनामा आउनेछ । सरकारले मंसिर १४ को उपनिर्वाचनपछिमात्र संसदको अधिवेशन आह्वान गर्ने भएको छ । संसद अधिवेशन मंसिरको तेस्रो साता आह्वान हुने र मंसिर महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निर्वाचित हुने एकजना मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्