Logo

प्रेमिको पूर्व प्रेमिकासँग मित्रता गाँसियो भने के गर्ने ?



Spread the love

धेरै जसो अहिलेका पुस्ताका युवा-युवतीहरु प्रेम भएको केही समयपछि नै ब्रेकअप हुने र ब्रेकअपको केही समयपछि नै अर्को प्रेम हुने चलन बढ्दै गएको छ । त्यति मात्र नभएर अहिले प्रेम भएकोमा मात्र खुशी मनाउने होइन ब्रेकअप भएकोमा पनि सेलिब्रेसन हुन थालेको छ ।

यसरी धेरैसँगको प्रेम हुँदा कहिलेकाहीँ आफ्ना प्रेमी-प्रेमिकाका पूर्व प्रेमी-प्रेमिकासँग पनि भेट हुन र मित्रता गाँसिन पनि सक्छ । आज हामी यहाँ आफ्नो प्रेमिको पूर्व प्रेमिकासँगको मित्रता गाँसियो भने के गर्ने ?
आफुलाई तयार गर्ने
यदि तपाईंहरु दुवै एउटै अफिसमा काम गर्नु हुन्छ । अथवा कामको क्रममा तपाईं आफ्नो प्रेमीको पूर्व प्रेमिकासँग भेटघाट हुन्छ । त्योभन्दा पहिला तपाईंले आफूलाई तयार गर्नुपर्छ ।
आफ्नो प्रेमीसँग कुरा गर्नुपर्छ
यो बारेमा आफ्नो प्रेमीसँग तुरुन्त कुरा गर्नुपर्छ । यदि तपाईंको प्रेमी सहज छैनन् भने तपाईले यो सम्बन्धलाई औपचारिकमा मात्र सीमित राख्नु आवश्यक हुन्छ ।
कुरा सुन्नुपर्छ
यदि तपाईंको प्रेमीकी पूर्वप्रेमिका तपाईसँग आफ्नो सम्बन्धको बारेमा कुरा गर्न चाहन्छिन् । त्यसलाई ध्यान दिएर सुन्नुपर्छ । तर, उनले गरेको कुराले तपाईंहरुको वर्तमान सम्बन्धमा आँच आउन दिनुहुन्न ।
सन्तुलन आवश्यक छ
यदि उनको पूर्वप्रेमिकासँग तपाईं मित्र जस्तै गरी कुरा गर्नुहुन्छ भने कहिल्यै पनि उनलाई त्यो सम्बन्ध टुट्नाले उनमा कमी भएको महसुस हुन दिनु हुँदैन । त्यस्तै आफ्नो कुरामा उनलाई धेरै सहभागी गराउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्