Logo

नेपाल र कुवेतबीचको खेल भुटानमा खेलाउन एन्फाको प्रस्ताव



Spread the love

२१ कात्तिक,काठमाडौं । विश्व कप छनोट खेलाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघले दशरथ रंगशालामा तय भएको खेल गर्न नमिल्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतविरुद्ध दशरथ रंगशाला नहुने जानकारी दिएको हो । यसअघि दशरथ रंगशालामा मंसिर ३ गते नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भनिएको थियो ।

दशरथ रंगशालामा खेल हुने भनिएका राष्ट्रिय टोलीका खेलाडी र समर्थक निकै उत्साहित थिए । तर, पछिल्लो खबरले पुनः सबैलाई निराश बनाएको छ । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि फुटबल खेल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्