Logo

वीरगन्जमा राष्ट्रपति भण्डारीद्वारा चलचित्र महोत्सव उद्घाटन



Spread the love

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ कार्तिक २१ बिहीबार देखि २३ शनिवार सम्म नेपाली फिल्म क्षेत्रका फिल्म कर्मीहरूको जमघट वीरगन्जमा आज  भएको छ। चलचित्र निर्माता सङ्घले आयोजना गरेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ आजदेखि वीरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजदेखि सुरु भएको छ । महोत्सव उद्घाटन अघि चलचित्र कलाकारहरू प्रभात फेरिमा सहभागी भएका थिए । घण्टाघरबाट सुरु भएको प्रभात फेरि रंगशालासम्म पुगेको थियो । नेपालका पनि पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरू वीरगन्जमा छन् ।

उक्त महोत्सवमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई लगायत  बलिउड अभिनेता गोविदाको समेत उपस्थिति रहेको थियो ।

र वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, राष्ट्रिय कलाकार सरोज खड्का, धिरेन शाक्य, नरेन्द्र श्रेष्ठ, सन्जु अमात्य, रबि बस्नेत, नन्दु श्रीवास्तव, सुनिल पण्डित, खैरुदिन अन्सारी लगायत दर्जन बढी नेपाली कलाकार तथा  स्थानीय कलाकारहरुसहित विभिन्न स्कुलका विद्यार्थीहरूको र्‍यालीमा सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्