Logo

‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक ! यस्तो अवतारमा प्रदिप (हेर्नुहोस् मोसन टिजर)



Spread the love

‘प्रेम गीत’ बाट एकाएक चर्चामा आएका नायक हुन्- नायक प्रदीप खड्का । ‘प्रेम गीत’ ‘प्रेम गीत २ ‘को सफलता पछि निकै कौतुहलता सृजना गरेको बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ ।

फिल्म घोषणा भएदेखि नै चर्चा नै चर्चा बटुलेको ‘प्रेम गीत ३’ ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलतापछि सन्तोष सेनले यसैको सिक्वेल ‘प्रेम गीत ३’ निर्माण तथा निर्देशन र छेतेन गुरुङले सहकार्य गरेका छन् । सार्वजनिक टिजरमा नायक प्रदिप भिन्न अवतारमा देखिएका छन् । यसो हेर्दा नायक प्रदिप योद्धाको भेषमा देखिन्छन् भने रगतले लतपतिएको अनुहारमा निकै आक्रोश देख्न सकिन्छ । उनको लुक्सले फिल्मप्रति जो-कोहीको पनि कौतुहलता जाग्न सक्छ ।

चलचित्रकी मुख्य नायिका अर्थात् गीतको भूमिकाको लागी देशभरबाट २७ सय युवतीबाट छानिएकी डेब्यु- क्रिस्टिना गुरुङ छिन् भने तेस्रो पटक नायक प्रदीप खड्का प्रेमको भूमिकामा देखिँदै छन् । यही चैत्र २८ गते देखि अल नेपाल प्रदर्शन हुँदैछ भने ‘प्रेमगीत ३’ नेपालमा बाइससय र चौबिस सय राज्य हुँदा समयको प्रेमकथा प्रेमकथामा आधारित भएर निर्माण टिमले बताएका छन् ।


चलचित्रको मुख्य भूमिकामा प्रदीप(प्रेम ) र क्रिस्टिना(गीत)को साथमा निर्देशक सन्तोष सेन, मनिष राउत,शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको अभिनय रहनेछ ।

 

चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठको (डिओपी), हिमाल के सीको एक्सन रहेको छ । कविराज गहतराजको कोरियोग्राफीको चलचित्रलाई बनिश शाह र भुपेन्द्र अधिकारीको सहकार्यमा सम्पादन गरेका छन् ।

टिजर हेर्नेको लागी यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/pnRRZFkd3tI

प्रतिक्रिया दिनुहोस्