Logo

आन्दोलन स्थगित



Spread the love

२१ कार्तिक, काठमाडाैँ – सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका व्यक्तिको परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने सहमतिपछि यहाँ जारी आन्दोलन स्थगित भएको छ ।

उपचारका क्रममा आज ज्यान गुमाएका गौरीगङ्गा नगरपालिका–६ का गगनसिं कुँवरको परिवारलाई क्षतिपूर्तिका लागि प्रदेश सामाजिक विकास मन्त्रालयलाई सिफारिस गर्ने सहमति भएपछि आफन्तले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले जानकारी दिए । कुँवरको मृत्युबारे छानबिन गर्न समिति गठन गर्ने र मृतकको परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने समझदारी भएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका प्रतिनिधिको रहोबरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको थियो । आफन्तले चिकित्सको लापर्वाहीका कारण कुँवरको मृत्यु भएको भन्दै उनलाई कारवाही र लाइसेन्स खारेजीको माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्