Logo

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी



Spread the love

२२ कार्तिक, काठमाडाैँ – सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ ।

पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।

यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेकोे हो । यी मध्ये कतिपय नदीमा सानो आकारमा स्टीमरलगायतका यातायात सञ्चालनमा छन् ।

सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली नदीमा खटाउन लागिएको नेपाल पानीजहाज कार्यालयले जनाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्