Logo

भारतले नक्सा सच्याउनुपर्ने भन्दै सर्लाहीमा पनि प्रदर्शन



Spread the love

२२ कात्तिक, सर्लाही । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सर्लाहीमा पनि आज प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस र नेपाल विद्यार्थी संघ सर्लाहीको संयुत आयोजनामा लालबन्दीमा प्रदर्शन गरेका हो।

‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’लगायतका नारा लेखिएको कालो ब्यानरसहित विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए।

र्‍यालीपश्चात आयोजित कोण सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताएका छन् । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न र्‍यालीमा सहभागी विद्यार्थीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्