Logo

नेपाल आइडल पैसामा बिक्यो भन्नेहरुको लागी नेपाल आइडलका निर्देशकले दिए कडा जवाफ



Spread the love

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम चरणमा आइपुगेको छ ।अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनबाट हरेक साताको बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित ‘रियालिटी सो’ हो, नेपाल आइडल ।

नेपाल आइडलमा गत शुक्रवार चार जना प्रतिष्पर्धी मध्य एक जना आउट हुनु पर्नी थियो र छानिनु पर्नी थियो नेपाल आइडलको पहिलो टप ३ प्रतिष्पर्धीहरू तर तेसो भएन किन भने यो पटक जजहरुले आफ्नो पावर प्रयोग गरेर सबैलाई सुरक्षित पारे ।तर अर्को पटक भने फेरी भोट गर्नु पर्ने सास्ती प्रतेक प्रतिष्पर्धीको शुभचिन्तक्,परिवार र प्रसम्सक माझ छदैछ ।

तेस पछि सामाजिक सन्जालमा ठुलो बाढी नै आयो ।नेपाल आइडलको आयोजकले पैसा कमाउनकै लागी यो सबै हर्कत गरिरहेको सामाजिक सन्जालहरूमा यत्र तत्र फैलियो ।तेस्पछी नेपाल आइडललाई यसको जवाफ दिन बाद्य बनाइयो यधपी नेपाल आइडलले तेस्को जवाफ आधिकारिक रूपमा दिएको छैन ।तर नेपाल आइडलका निर्देशक लक्ष्मण पौड्यालले भने कडा जवाफ दिएका छन् ।नेपाल आइडलको आलोचना गर्ने,जजहरूलाई टिप्पणी गर्ने,नेपाल आइडल पैसामा बिक्यो भन्नेहरूका लागी उनले कडा जवाफ दिएका छन् ।नेपाल आइडलका निर्देशक लक्ष्मण पौड्यालको स्टाटसमा विभिन्न व्यक्तिहरूले कमेन्ट गर्नु भएको छ ।केही सकरात्मक त केही नक्रारात्मक छन् ।तर निर्देशकले सामाजिक सन्जालमा आइरहेका नेपाल आइडल पैसा मुखी भयो,व्यापारकै लागी मात्रै यस्तो कार्यक्रम गरियो जस्ता प्रतिक्रियाहरूलाई भने कुनै टिप्पणी गर्न चाहेनन र गरेनन ।

हेर्नुहोस् नेपाल आइडलका निर्देशक लक्ष्मण पौड्यालको स्टाटसमा देखिएका केहि कमेन्टहरु:

 

प्रतिक्रिया दिनुहोस्