Logo

बैतडीमा जात्रा हेर्न गएको वडा सदस्य मृत भेटिए



Spread the love

२२ कात्तिक, बैतडी । जिल्लाको पुर्चौडी नगरपालिकाका वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेट्टिएका छन् । शुक्रबार पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् ।

गएराति जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्