Logo

प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने– मुख्यमन्त्री



Spread the love

२२ कार्तिक, काठमाडाैँ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडैनै टुङ्गो लगाइने बताएका छन् । सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति रहेको बताए ।

अवको दुई वर्षमा देशले काँचुली फेर्ने दाबी गर्दै मुख्यमन्त्री पौडेलले त्यसको लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानमा लाग्न सबैलाई आग्रह समेत गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य सुरेश नेपाललगायतले मन्तव्य राखेका थिए ।

विसं २०७२ को भूकम्पले क्षति पुर्याएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६ करोड ४६ लाख ६१ हजारमा सुविधा सम्पन्न १८ कोठे विद्यालय भवनको पुनःनिर्माण गरिएको हो

प्रतिक्रिया दिनुहोस्