Logo

नेपाल इरानसँग ४–० गोलले पराजित



Spread the love

२३ कात्तिक, काठमाडौं । नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएसंगै नेपाल बाहिरिएको हो ।

पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोक्न सफल भएको नेपाली टोलीले चारै गोल दोस्रो हाफमा खायो। ७६औं मिनेटमा मोहम्दमाहदी अहमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

८४औं मिनेटमा कप्तान अहमद रेजा जलालीको गोलमार्फत अग्रता दोब्बर बनाएको इरानका लागि त्यसको दुई मिनेट नबित्दै अलिरेजा मोनाजामीले तेस्रो गोल गरे। इरानका लागि निर्धारित समयको अन्तिम मिनेटमा अरिया बार्जेगरले चौथो गोल गरे।

नेपालले अब आइतबार समूहको अन्तिम खेल किर्गिस्तानसँग खेल्नेछ । उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्