Logo

रियल सोसियडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो



Spread the love

२३ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल सोसियडाड उक्लिएको छ । शुक्रबार राति भएको खेलमा रेलिगेसन टोली लेनागेससँग १–१ गोलको बराबरी खेल्दै सोसियडाडले शीर्ष स्थानमा उक्लिएको हो ।

सोसियडाडका लागि माइकल मेरिनोले ६३औ मिनेटमा गोल गरेका थिए । त्यसपछि लेगानेसका युसुफ इन नेसरीले ७८औ मिनेटमा बराबरी गोल गरेका थिए ।

बराबरीसँगै सोसियडाडले १३ खेलबाट २३ अंक बनाएको छ । ११ खेल सक्दै दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ ।

प्रतिक्रिया दिनुहोस्