Logo

‘भारतले नेपालसँग अनावश्यक बखेडा झिकेर निहुँ खाेज्‍नुकाे कुनै अर्थ छैन’: योगेश भट्टराई



Spread the love

२३ कात्तिक, काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्सा र नेपाल-भारत सीमा विवादबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई अनावश्यक बखेडा झिकेर निहुँ नखोज्‍न चेतावनी दिएका छन्।

उनले सिंगो नेपाल राष्ट्रियताका लागि एक रहेकाले अनावश्‍यक बखेडा झिकेर छिमेकीसँग निहुँ नखोज्न पनि भारतलाई आग्रह गरेका छन्। यस विषयमा भारतले पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन राख्‍नुमै भारतको भलाई रहेको मन्त्री भट्टराईले सुझाव दिएका छन्।

‘लिम्पियाधुराबाट उत्‍पति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाइबाट प्रष्ट छ। यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन। भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो हुन्छ। नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ।’

प्रतिक्रिया दिनुहोस्