Logo

करेन्ट लागेर एक जनाको मृत्यु



Spread the love

२३ कात्तिक, वीरगञ्ज । पर्सामा करेन्ट लागेर एक जना महिलाले ज्यान गुमाएकी छन् । पोखरिया नगरपालिका वडा नं १० शिवबर्वा बस्ने शंकर राउत अहिरकी श्रीमती ५८ वर्षीया लालमतिदेवीले ज्यान गुमाएको हो ।

शुक्रबार साँझ आँगन बढार्ने क्रममा चुडिएको तारबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमका लागि नाराणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्