Logo

एमसीसीद्वारा नेपालसामु १ सय ९० रनको लक्ष्य प्रस्तुत



Spread the love

२३ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली टोलीलाई टि ट्वान्टी खेलमा १ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ८९ रन बनायो ।

एमसीसीका लागि बिली गोडलम्यानले ३० बलको सामना गर्दै सर्वाधिक ५४ रनको योगदान दिए । ओपनर माइल्स हमान्डलाई ३३ रन बनाए भने टम वेस्ट्लीलाई ८ बलमा १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए ।

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट हात पारे । कमल सिंह ऐरी, जितेन्द्र सिंह मुखिया, सुसन भारी र अभिनास बोहोराको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्