Logo

जान्नुहोस् बाटोमा भेटेको पैसा टिप्दा के हुन्छ ?



Spread the love

कतिपयले भेटिएको पैसा खर्च गर्न नहुने भन्दै धार्मिक स्थलमा दिने वा धार्मिक काम गर्ने गरेका छन् भने केहीले भेटिएको पैसा दान दिने गरेका छन् । हिन्दू धर्म दर्शनको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ रहेका छन् ।

जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । यदी तपाईले आफ्नो आत्मविश्वास गुमाउनु भएको छ भने त्यसलाई जीवित गर्ने कोसिस गर्नु भन्ने संकत प्रदान गर्छ । सायद तपाईका पूर्खा यी सिक्काको माध्यमबाट आफ्नो आशिर्बाद पुर्‍याउन खोजिरहेका हुनसक्छन् ।

तपाईले नोट या सिक्का भेट्नुभयो भने यो दुई कुरामा आधारित हुन्छ । पहिलो, पैसा भेटेको समयमा तपाईको दिमागमा के चलिरहेको थियो र दोस्रो तपाईले नोट फेला पर्नुभयो कि सिक्का ?

यदी तपाईले सिक्का फेला पार्नुभएको छ भने यसको समबन्ध नयाँ कामको शुरुवातसँग छ । यदी तपाई कुनै नयाँ योजनालाई साकार पार्न चाहिरहनुभएको छ भने त्यसका लागि सही समय आएको छ । यो सफलता, प्रगति तथा उपलव्धिको निशानी हो ।

आकाशीय शक्ति तपाईलाई बताउन चाहिरहेको हुन्छ कि तपाइृको मस्तिष्कमा जो विचार आइरहेको छ त्यसलाई सफलता तर्फ लैजान खोजिरहेको छ ।

यदी तपाईले नोट फेला पार्नु भयो भने यसको अर्थ तपाईले आफ्नो परिस्थितिलाई गम्भीरताका साथ हेर्न जरुरी छ । आफूमाथि विश्वास गर्दै निर्णयलाई कार्यरुप दिन जरुरी छ । तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ?

यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्