Logo

एमसीसीविरुद्ध नेपालको लजास्पद हार



Spread the love

२३ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोली मेरिलेबोन क्रिकेट (एमसीसी) सँग टि ट्वान्टी खेलमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

जितमा लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाली टोली १३.१ ओभरमा अल आउट हुँदै ७६ रनमै समेटियो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालले सुरुवात देखीनै खराब प्रर्दशन गर्यो ।नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । त्यस्तै सन्दीप जोराले १६ रन बनाउँदा भीम शार्कीले १३ रन बनाए ।

त्यसअघि टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ८९ रन बनायो ।

एमसीसीका लागि बिली गोडलम्यानले ३० बलको सामना गर्दै सर्वाधिक ५४ रनको योगदान दिए । ओपनर माइल्स हमान्डलाई ३३ रन बनाए भने टम वेस्ट्लीलाई ८ बलमा १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए ।

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट हात पारे । कमल सिंह ऐरी, जितेन्द्र सिंह मुखिया, सुसन भारी र अभिनास बोहोराको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्