Logo

प्रेममा परेको कुरा अभिभावकलाई भन्नु अत्तिनै आवश्यक!



Spread the love

आजको युगमा प्रेमी–प्रेमिका नहुने युवापुस्ता कमै होलान् । किनभने हिजोआज प्रेमी–प्रेमिका हुनु भनेको अति सामान्य कुरा हो ।यस्तो अवस्थामा समस्या कहाँ छ भन्ने कुरा बुझ्न नसक्नु नै सबै समस्या तथा त्यस्ता दुःखद् घटनाहरुको कारण बन्छ । त्यस्तो स्थितीमा युवतीहरुको साथ–साथै आमा–बुबाले पनि राम्रोसँग सोचविचार गर्नुपर्छ । जसले सर्प पनि मरोस् र लाठ्ठी पनि नभाँचियोस् ।

प्रेमी बनाउनु कुनै आपत्तिको कुरा होइन । तर, आफ्ना मित्र र मित्रताको बारेमा घरका सदस्यहरुसँग लुकाउनु र प्रेमीसँग लुकिछिपी, बेला–कुबेला भेटघाट गर्नुमा आपत्ति हुन्छ ।

सानो उमेरका युवतीहरु त्यति धेरै समझदार नहुदा आफ्नो राम्रो–नराम्रोको निर्णय आफैले लिन सक्दैनन् । त्यसैले केटाहरुसँगको मित्रताको बारेमा लुकाउनु हुँदैन र हिम्मत गरेर आफ्नो आमा–बुबालाई आफ्नो मित्रताको बारेमा भन्नु बुद्धिमानी हुन्छ ।

तपाईंको कुरा सुनेर उनीहरु रिसाउन सक्छन् । तर, युवतीहरुको मनको डर हट्छ । तपाईंको मित्रताको कुरा सुनेर आमा–बुबा नरिसाई त्यसलाई राम्रो रुपमा पनि लिन सक्छन् ।जब, युवतीहरु लुकिछिपी आफ्ना प्रेमिसँग भेट्न जान्छन् । त्यो समयमा उनीहरुको बहकिन सक्ने सम्भावना बढी हुन्छ ।जुन उनीहरुको लागि हानिकारक साबित हुन्छ । त्यसैले एक्लै प्रेमीसँग लुकिछिपी भेट्नुभन्दा घरमा सबैको अगाडि भेट्नु राम्रो हुन्छ ।

प्रेमीसँग एक्लै धेरै घुमफिर र भेटघाट गर्नु समाजको लागि कुरा काट्ने कारण पनि बन्न सक्छ । विशेष गरेर त्यस्तो ठाउँमा, जहाँ मानिसको दृष्टि सीसीटीभी क्यामरा जस्तै युवतीहरुमाथि रहेको हुन्छ । त्यस्तो अवस्थामा यदि युवतीहरुले आमा–बुबाको भरोसा जिते भने ती सबैको मुख बन्द हुन्छ । तर, युवतीहरुले आफ्नो मित्रताको बारेमा आफ्ना अभिभावकलाई कुनै कुरा नबताउनु नै चिन्ता र दुखको कुरा हो ।

कहिलेकाहीँ तपाइको छोरीले आफ्नो साथीहरुसँग घुम्न जाने कुरा गरे भने तुरुन्त नाईँ भन्नुहुँदैन । यो उमेरमा यो पिँढी अत्यन्त संवेदनशील हुन्छन् । युवतीलाई कडा व्यवहार गर्नु भनेको एक किसिमले उसलाई लुकिछिपी प्रेमी बनाउन उक्साउनु जस्तै हो । आमा–बुबाले छोरीको प्रेमीसँग घुलमिल गर्ने, उसको परिवारको बारेमा जानकारी लिने गर्नुपर्छ ।

मित्रता र प्रेमभन्दा पहिला एक–अर्कालाई राम्रोसँग बुझ्नुपर्छ । त्यसपछि मात्र जिन्दगीको कुनैपनि निर्णय लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्