Logo

बिरामीको हेलिकप्टरबाट उद्धार



Spread the love

२५ कार्तिक, डोल्पा – बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकप्टरबाट आइतबार उद्धार गरिएको छ । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

ढाडको समस्यमाबाट पीडित लामा हप्ता दिनदेखि बिरामी भएर समस्यामा परेपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको उनले बताए । व्यक्तिगत खर्चमा हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्