Logo

प्रिमियर लिग: सलाह र मानेको गोलमा लिभरपुल विजयी



Spread the love

२५ कात्तिक, काठमाडौं । मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले सिटीलाई ३–१ को गोल अन्तरमा पराजित गरेको हो ।

सिटीलाई लज्जास्पद हार चखाउन फाविन्हो, मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका बर्नाडो सिल्भाले सान्त्वना गोल फर्काए । पहिलो हाफमा दुई गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको छैटौं मिनेटमा नै फविन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै, खेलको १३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल पहिलो हाफसम्म २–० गोलले अघि रह्यो ।

खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा सिल्भाले गोल फर्काए पनि सिटीले लिभरपुलसँग ३–१ गोलको हार व्यहोर्यो ।

सिटीमाथिको सहज जितसँगै लिभरपुलले अंक तालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ । प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्