Logo

इटालियन सिरी ‘ए’ मा युभेन्टसको अपराजित यात्रा कायमै



Spread the love

२५ कात्तिक, काठमाडौं । युभेन्टसले इटालिया सिरी ‘ए’ मा अपराजित यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदान एलिनाज एरिनामा युभेन्टसले एसी मिलानमाथि १–० को जित निकाल्ने क्रममा पाउल डिबालाले गरेको गोल नै निर्णायक साबित भयो । ५५औं मिनेटमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा डिबाला मैदान प्रवेश गरेका थिए ।

जितसँगै अपराजित रहेको युभेन्टसले १२ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा यथावत छ । युभेन्टसलाई इन्टर मिलान ३१ अंकले पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्