Logo

१५ वर्षीया शेफालीले तोडिन् सचिन तेन्दुलकरको रेकर्ड



Spread the love

२५ कात्तिक, काठमाडौं । भारतका क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमानलाई भंग गर्दै १५ वर्षीया किशोरीले नयाँ कीर्तिमान बनाउन सफल भएकी छन् ।

भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोहोर्‍याएकी छन्।

शनिवार शेफाली वर्माले वेस्ट इन्डिज विरुद्धको टी-२० क्रिकेट खेलमा ४९ बलको सामना गर्दै ७३ रन बनाएर सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी थिइन्।

यसअघि सन् १९८९ मा पाकिस्तान विरुद्धको टेस्ट श्रृङ्खलामा १६ वर्ष २४१ दिनमा तेन्दुलकरले अर्धशतक प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्