Logo

डा.केसीलाई जवरजस्ती लैजान खोज्दा उनका समर्थकद्वारा अवरोध, डडेल्धुरा अस्पताल तनावमा



Spread the love

२५ कात्तिक, काठमाडौं । डडेल्धुरामा अनसनरत डा गोविन्द केसीलाई स्वास्थ्यमा समस्या भएको भन्दै भएको भन्दै प्रहरीले जवरजस्ती लैजान खोजेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको नेतृत्वमा खटिएको टोलीले माथिको आदेश भन्दै केसीलाई अन्यत्र लाजे खोजेको हो।

‘प्रहरीले डा. केसीलाई कहाँ लान खोजेको हो, केही जानकारी दिएको छैन । तर, उठाएर लैजान दबाव दिइरहेको छ’, केसीका भाइ किशोरलले भने ।

प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाव दिएपछि केसीका समर्थकले भने त्यसो नगर्न प्रहरीसँग आग्रह गरिरहेका छन् । प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको किशोरले जानकारी दिए।

आफूसँग कुनै सल्लाह नगरी प्रहरी परिचालन गरी लैजान खोज्नु गुण्डागर्दी प्रवृत्ति भएको डा केसीले आरोप लगाएका छन्। उनले भने ‘म जनताका लागि अनशन बस्न आएको हुँ मेरा माग पुरा गर अनशन तोड्छु।’चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका थिए ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्