Logo

एलोभेरा अर्थात घिउकुमारी स्वास्थ्य र सौन्दर्यका लागि अति नै आवश्यक !



Spread the love

चाहे सौन्दर्य बढाउनका लागि होस् वा शारीरिक स्वास्थ्यका लागि, उपयोगी वनस्पति हो एलोभेरा अर्थात घिउकुमारी । जो कोहीको घर–बगैंचामा, गमलामा सजिलै रोप्न र हुर्काउन पनि सकिन्छ ।

आजकल बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा घिउकुमारी प्रयोग भएको जेल, बडी लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।

घिउकुमारीको फाइदाहरु:
-यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।
-बिहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ ।
-पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी धेरै नै लाभदायक हुन्छ ।
– यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाउँछ ।
–आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।
–यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्