Logo

वेष्ट इण्डिजद्वारा अफगानिस्तानविरुद्धको तीन एकदिवसीय शृंखला क्लिन स्वीप



Spread the love

२६ कात्तिक, काठमाडौं । वेष्ट इण्डिज अफगानिस्तानविरुद्धको तीन एकदिवसीय शृंखला क्लिन स्वीप गर्न सफल भएको छ । तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिज ५ विकेटले विजयी भएको हो।

भारतको लखनउमा खेलिएको खेलमा २५० रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५ विकेटको नोक्सानीमा ४८.४ ओभरमा जित हात पार्यो । ओपनर होपले नटआउट रहेर १४५ बलको सामना गर्दै १०८ रनको शानदार पारी खेले । त्यस्तै, किंगले ३९ रन, निकोलास पुरन २१, कप्तान किरोन पोलार्ड ३२ र रोस्टन चेजले ४२ अविजित रन जोडे । अफगानिस्तानका मुजिव उर रहमानले २ विकेट हात पारेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिंग थालेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४९ रनको योगफल खडा गर्ने क्रममा तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।

ओपनर हजरातुल्लाह जाजाईले ५० रन, मध्य क्रमका पूर्व कप्तान अस्घर अफ्गानले ८६ रनको शानदार पारी खेले । त्यस्तै, मोहम्मद नावीले अविजित ५० रन बनाए ।

वेष्ट इण्डिजका किमो पाउलले ३ विकेट र अल्जारी जोसेफले २ विकेट लिए । यसअघिका दुवै खेलमा वेष्ट इण्डिज विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्