Logo

ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश



Spread the love

२६ कात्तिक, काठमाडौं । ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।

मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

स्टेडियो ओलम्पिको गोइउनियामा भएको खेलमा घरेलु टोलीलाई अन्तिम चारमा पुर्‍याउन प्याट्रिक र पेग्लोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

यस्तै, अर्काे खेलमा फ्रान्सले स्पेनको यु–१७ टोलीमाथि ६–१ को फराकिलो जित हात पारेको छ । फ्रान्सले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो ।

गोलको वर्षा भएको खेलमा फ्रान्सका नियानजोउ कोउयसी, नाथानेल एमबुकु, इसाक लिहान्ड जि, टिमोथी पेम्वेले, जर्जिन्हो रुटर र एदिल ओउचिचेले गोल गरे । स्पेनका जर्मन भलेराले गरेको गोल सान्त्वना बन्यो ।

प्रतिक्रिया दिनुहोस्