Logo

काठमाडौंमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद



Spread the love

२५ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणका लागि काठमाडौँ आएका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनिसँग भेटवार्ता गर्ने छन् ।

दुई देशबीच द्विपक्षीय व्यापार सुरुआत भएको २३ वर्ष भयो । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्