Logo

यस्ता छन् बोझो सेवन गर्नुको अद्भुत फाइदाहरु



Spread the love

बोझो घाँटी बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो । यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ । जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले) । यसको स्वाद अलि परपराउने , पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुनाले अङ्ग्रेजीमा sweet flag भनिन्छ । पौराणिक शास्त्रहरुमा समेत यसको उल्लेख छ । यसलाई गुणी वनस्पति मानिएको छ । बोझोलाई संस्कृतमा ‘बचा’ भनिन्छ । संस्कृति भाषामा अभिलेख रहनुले पनि यो सदियौंदेखि प्रयोगमा आएको भन्ने अनुमान गरिन्छ ।

बोझो सामान्यत घर-आँगनमा उत्पादन गर्न सकिन्छ । यसको जरा वा डाँठ सजिलै उमार्न सकिन्छ । यसका लागि पानीको दलदल वा चिस्यन भएको ठाउँ आवश्यक हुन्छ ।

यस्ता छन् बोझोको अनेकौ फाइदा :
घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ ।
-शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ ।
– पेट दुखेको अवस्थामा बोझो सेवन गर्न सकिन्छ । यसले आरम दिन्छ ।
-मानसिक तनाव कम गर्न बोझो सेवन गर्न सकिन्छ ।
– हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।
– यसले स्मरणशक्ति बढाउन काम गर्छ ।
-उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।
-बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ ।
-पेटको समस्या भएमा बोझो सेवन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्