Logo

सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते



Spread the love

२६ कात्तिक, काठमाडौं । सुनसरीको कोसी गाउँपालिकामा मंगलबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।

पश्चिमबाट पूर्व जाँदै गरेको स१झ २६८ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको को३०प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पृथ्वीनगर नगरपालिका ४ का दिपेश मुखिया सुनुवारको मृत्यु भएको हो।

दिपेशको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ भने घाइते भएका ३० वर्षीय योगेशकुमार धिमालको विराटनगर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्