Logo

रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट, एक प्रहरी घाइते



Spread the love

२६ कात्तिक, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए ।

घटनामा एक प्रहरी रञ्जित यादव घाइते भएका छन् । बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीय बासिन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका उनीहरुहरुलाई प्रहरीको जिम्मा लगाइएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्