Logo

सलोनले अञ्जलीको ‘फोटो खिचेर’ पछि (भिडियोमा)



Spread the love

नेपाली फिल्म हेर्ने जो कोहिको लागि सु-परिचित नाम हो- सलोन बस्नेत । पछिल्लो समय एकपछि अर्को चलचित्र बजारमा ल्याएका छन् भने फेरी नयाँ चलचित्र ‘माया पिरिम’को गीत ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ ।


कोसिस क्षेत्रीले सङ्गीत भरेको गीतमा लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको छ भने गायक लेखु सहयात्रीकै शब्द दिएका छन् । उक्त गीतमा उदय राज पौडेलले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा सलोन बस्नेत, अञ्जली अधिकार, कोसिस क्षेत्री फिचर्ड छन् ।

चलचित्रमा नायक सलोन बस्नेत,अञ्जली अधिकारी र कोसिस क्षेत्रीको साथमा किरण चन्द, अनुपम भण्डारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमन राई लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेको छन् । यही मङ्सिर २० गतेबाट प्रदर्शनमा हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/0myquwA7Xc8

प्रतिक्रिया दिनुहोस्