Logo

एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा एक खेल अगावै नेपाल फाइनलमा



Spread the love

२७ कात्तिक, काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको खेलमा नेपालले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगाबै फाइनलमा स्थानमा सुरक्षित गरेको हो।

एकपक्षीय खेलमा नेपालले बंगलादेशलाई २५–७, २५–६, २५–६ को सेटमा स्तब्ध बनायो । राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल र माल्दिभ्सबीचको खेलपछि शीर्ष दुई टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्