Logo

राष्ट्रियसभा अध्यक्ष र बंगलादेशका राष्ट्रपति अब्दुलबीच भेटवार्ता



Spread the love

२७ कात्तिक, काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्। बुधबार बिहान अध्यक्ष तिमिल्सिना र राष्ट्रपति हमिदबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार नेपाल आएका राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्