Logo

बालाजुमा भारतीय हस्तक्षेपविरूद्ध नेविसंघको प्रदर्शन



Spread the love

२७ कात्तिक, काठमाडौं । नेपालका लिपुलेक, कालापानी लगायत भूमि समेटेर भारतले सार्बजनिक गरेको नयाँ नक्साको विरोधमा बुधबार पनि नेपाल विद्यार्थी संघले प्रदर्शन जारी राखेको छ। ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस नेविसंघ इकाइको संयुक्त आयोजनामा नेपालटार, बाइपास, माछापोखरी क्षेत्रमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्।

भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले नेपाल सरकारलाई छिटो भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सा सच्याउन दबाब दिन प्रदर्शन गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्