Logo

परीक्षामा फेल भएको भन्दै शिक्षकद्वारा १४ वर्षीया छात्रामाथि निर्घात कुटपिट



Spread the love

२७ कात्तिक, विराटनगर। विराटनगरस्थित एक निजी स्कुलको शिक्षकले सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि निर्घात कुटपिट गरेका छन् । विराटनगर महानगरपालिका ४ राजवंशी चोकमा रहेमा अर्पण स्कुल शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत रोश्नी भण्डारीलाई पाइपले कुटपिट गरेका हुन् ।

स्कुलका सञ्चालक समेत रहेका बस्नेतको कुटाईबाट उनको शरीरको पछाडि कम्मर मुनीको भागमा चोट लागेको छ । स्कुलले लिएको दोस्रो त्रैमासिक परीक्षामा फेल भएको र पढ्नलाई नियमित स्कुल नआउने भन्दै सोमबार दिउँसो छात्रामाथि कुटपिट भएको विद्यार्थीले बताए।

पीडितका आफन्तले निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्