Logo

भारत ‘ए’द्वारा नेपालसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत



Spread the love

२७ कात्तिक, काठमाडौं । यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा भारत ए नेपाली यू१९ टोलीलाई २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।हैदराबादको राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको भारत ए ले ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रनमा समेटियो । कप्तान ध्रुब चन्द जुरेलले सर्वाधिक ७४ रनको योगदान दिए ।

नितेशले ३० रनको योगदान दिँदा ओपनर यशस्वी जैशवालले ३३ रन ,जय गोहिललाई ७ रन, अर्जुन प्रर्साद मुर्थीलाई १३ रन, साइ सुर्दशन ३४ रन, समिर राजिवीलाई १६ रन र कुमार सिंहले २४ बलको सामना गर्दै २६ रन जोडे ।

शेर मल्लले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे। आकश चन्दले ९.२ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रतिस जिसी र हरि बहादुर चौहानको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्