Logo

यसरी सजिलै घरमा बनाउनुहोस् स्वादिष्ट दही आलु



Spread the love

प्राय जसोको भान्सामा दिनहुँ धेरै पाक्ने परिकार भनेकै आलु हो । आज हामी तपाईलाई दही आलुको परिकार बनाउने तरिका प्रस्तुत गछौं जसले गर्दा तपाईले आलुबाट बनेको परिकारको स्वाद लिन सक्नु हुनेछ ।
दही आलु बनाउनका लागि आवश्यक सामाग्री: दुई चम्चा तेल , दही २७० ग्राम, उमालेको आलु ३५० ग्राम, सर्स्युको तेल एक चम्चा, सर्स्युका दना एक चम्चा, हिंग सानो चम्चाको एक चौथाइ, जीरा एक चम्चा, धनियाँ एक चम्चा, रातो खुर्सानी, बेसार र नुन आवश्यकता अनुसार

सर्बप्रथम तपाईले एक ओभानो भाँडोलाई ग्यास वा आगोमा बसाल्नुहोस् र उक्त भाँडोमा दुई चम्चा तेल राख्नुहोस् । तेर खारिएसंगै बोक्रा छोडाइएको आलु हाल्नुस् र पाँच मिनेटसम्म पकाउनुस् । त्यस्तै अर्को भाँडामा सर्स्युको तेल, दाना र जीरा हालेर भुट्नुस् । अनि अब त्यसमा बेसार, हिंग, नुन र रातो खुर्सानी हालेर मज्जाले मिसाउनुस् । अब यसमा दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाउनुस् । यो पाकेसंगै त्यसमा आलु हालेर दुई मिनेट पकाउनुस् ।

दुई मिनेट पछि यो खानका लागि तयार हुन्छ र त्यसमा अब केही धनियाका पात राखेर चलाउनुहोस ।

प्रतिक्रिया दिनुहोस्