Logo

अपराजित नेपाल एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश



Spread the love

२७ कात्तिक, काठमाडौं । माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

यसअघि नै फाइनलमा प्रवेश गरेको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा रहन सफल भएको हो ।

बिहीबार यि दुई टोलीले उपाधिका लागि खेल्दैछ । फाइनल खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजेपछि हुनेछ । जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस्