Logo

अण्डा खाँदा मोटाइँदैन बरु उल्टै वजन घट्दै जान्छ!



Spread the love

मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि मानिसहरुले सन्तुलित आहार खानु अत्यन्तै आवश्यक रहेको छ। विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।

अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छ । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा कोषलाई चल्लामा बदल्न पुग्छ । अण्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । त्यसैले अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा समेत दिने गरेका छन् । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् ।यसप्रकार छन् अण्डा खानुका फाइदाहरु:
– मुटुरोगमा उत्तम
अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनुका साथै मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम समेत कम गर्छ ।
-चेतना बढाउन
अण्डामा हुने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्ने गर्दछ ।
-प्रोटिनको श्रोत
अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । यसले मानव शरीरको मुख्य संरचना, तन्तु तथा अणु बनाउन मद्दत गर्छ ।
– वजन घटाउन सहयोगी
अण्डाले मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोगी भूमिका निभाउने गर्दछ ।
-रतन्धोबाट रोक्न
अण्डामा हुने ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्टले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई कम पार्दछ ।

प्रतिक्रिया दिनुहोस्