Logo

चम्चाले खाना खादा हाम्रो स्वास्थ्यमा कस्तो असर पर्दछ ?



Spread the love

नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना खाँदा हातको प्रयोग गर्ने गर्छन । तर पछिल्लो पुस्ताले भने हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने गरेका छन्। भात मुछेर हातले खाने पुस्तामाथि नयाँ पुस्ताले खिसि टिउरी गर्ने नभएका पनि होइनन् । हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर वैज्ञानिक पनि रहेको छ । आयुर्वेदका अनुसार खाना पाँच औंलाको संगमबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पुग्छ भने पाचन प्रकृयालाई पनि यसले फाइदा गर्छ ।

विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ । प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ ।

पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् । हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ ।

भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ । जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । तर हातले खाना खाँदा हामीले यो कुरा सजिलै थाहा पाउन सक्छौँ । यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ ।

काटा र चम्चाको उपयोगले सजिलै र छिटै खान सकिन्छ होला तर यो शरीरमा रक्त प्रवाह असन्तुलित बनाउन पनि सक्छ । अन्तमा तपाईलाई मधुमेहको जोखिममा पुर्याउन पनि सक्छ ।

चम्चाले खाँदा चाँडो चाँडो खाइन्छ भने हातले खाँदा केही बढी समय लाग्छ । हालते मजाले मुछेर स्वाद लिएर खाने भएका कारण पनि मधुमेहको जोखिम कम हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्