Logo

भारतविरुद्ध पवनको अर्धशतक पुरा



Spread the love

२८ कात्तिक, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ । बंगलादेशको ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४३ ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको छ । नेपालका पवन शर्राफले भारत इमर्जिङ टिम्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । शरद ४४ रन र दिपेद्र ऐरी २४ रन बनाएर आउट भए ।

नेपालले पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई शुन्य रनमा गुमाएको थियो । दुई बलको सामना गरेका मल्ल पहिलो ओभरको दोस्रो बलमा सौरभ डुबेको बलमा बोल्ड आउट भएका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई २८ रनमा गुमाएको थियो । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका पवनले ३९ बल खेल्दै ७ चौका र २ छक्काको सहयोगमा ५२ रन पूरा गरेका हुन् ।

नेपालको ईनिंग्स उकास्ने क्रममा अहिले मैदानमा पवन सरार्फ५६ र करन के सी ५ रन बनाएर ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्