Logo

बंगलादेशका राष्ट्रिपति अब्दुल हमिद फेवातालमा डुंगा शयर गर्दै



Spread the love

२८ कात्तिक, पोखरा । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले पोखरास्थित फेवातालमा डुंगा शयर गरेका छन् । उनी आज मध्यान्हमा पोखरा आएका हुन् । विमानस्थलमा उनको स्वागतपश्चात डुंगा शयर गराइएको हो ।

हमिदको स्वागतका लागि ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा लगायत पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिएको छ । फेवाताल शयरपछि फिस्टेल लजमा लञ्च ब्रेक हुनेछ । त्यसपछि उनी हेलिकप्टरमा रुपाकोट रिसोर्ट जानेछन् ।

प्रतिक्रिया दिनुहोस्