Logo

बालबालिकालाई कसरी राम्रो संस्कार दिने ?



Spread the love

जीवनमा सुख, समृद्धि, ऐश्वर्य, धन, सम्पत्ति, यश, नाम आनन्द प्राप्तिमा नैतिकताको निकै ठूलो योगदान हुन्छ । संयुक्त परिवारको विघटन, एकल परिवार, पाश्चात्य संस्कार र संस्कृतिको प्रभावमा बालबालिका हुर्किइरहेका छन् । बालबालिकाले सबैभन्दा पहिला नैतिकताको पाठ आफ्ना घरमा परिवारजनका साथ सिक्छन् । आफ्नो सन्तान राम्रो मानिस बनेर सफताको सिँढी चढोस् भन्ने उनीहरुको स्वभाविक चाहना हुन्छ ।

यस्तोमा यदी तपाई बालबालिकालाई संस्कार दिन चाहनुहुन्छ भने उनीहरुलाई नैतिक संस्कार दिन जरुरी छ । त्यसका लागि तपाईंले केही यस्ता कार्य गर्न जरुरी छ।
– परिवारमा नै रहेर, शिक्षा–दीक्षा लिएर बालबालिकाले नैतिक आचरण सिक्ने कार्य गर्छ । एउटा कुरा तपाईले सधै याद राख्न जरुरी छ । बालबालिका आफ्ना आमा बुवा तथा परिवारका सदस्यको व्यवहार एवं आचरणको अनुकरण गर्छन् । जस्तो खालको व्यवहार तपाईले गर्नुहुन्छ बालबालिकाले त्यस्तै प्रकारको व्यवहार गर्छन् ।
– जब सन्तान साना(कम उमेर) का हुन्छन् उनीहरुलाई सामाजिक परम्पराका अनुसार नैतिक आचरणको जानकारी हुँदैन । यस्तोमा यदी बालबालिकालाई खेलको माध्यमबाट नैतिक मूल्यको शिक्षा दिन सकियो भने राम्रो हुन्छ । जब बालबालिकाले खेल्ने समयमा आफ्नो साथी समूहका बालबालिकाको कुरा सुन्दैन भने त्यसमाथि उनीहरुलाई गाली गर्ने नगर्नुहोस् बरु माया प्रेमसहित सम्झाउने प्रयास गर्नुहोस् ।
-बालबालिकालाई नैतिकताको पाठ पढाउँनका लागि पुरस्कार एवं दण्डको निकै ठूलो भूमिका रहेको हुन्छ । पुरस्कार उनीहरुलाई प्रत्सान गर्छ भने दण्डले उनीहरुमा दमनको प्रवृत्ति विकास हुन्छ । जब बालबालिकाले राम्रो कार्य गर्छन् पुरस्कृत जरुर गर्नुस् । यस्तो गर्नाले भविष्यमा पनि उसले राम्रो कार्यगर्ने छ ।
-नैतिक मूल्यको विकासमा मनोरञ्जनको पनि निकै ठूलो भूमिका हुन्छ । यस कारण आफ्ना बालबालिकाका लागि स्वस्थय मनोरञ्जनको पनि सुविधा दिनुहोस् । जस्तो टिभी, सिनेमा, पार्टीमा जानु, राम्रा पुस्तकहरु पढ्नु, चुट्किलाहरु पढ्नु आदी । बालसुलभ मनमा यी चिजहरुको तत्काल प्रभाव पर्छ ।
-बालबालिका आफ्ना आमा बुवा अथवा परिवारका सदस्यसँगबाट भन्दा धेरै उसले आफ्नो साथीभाइ वा समूहबाट सिकिरहेको हुन्छ ।यदी बालबालिकाको साथी झुठो बोल्छ, चोरी गर्छ भन्ने आफ्नो सन्तानले पनि त्यस्तै सिक्छ । त्यसैले बालबालिकाको संगतलाई पनि नजरअन्दाज गर्नु हुँदैन । सानु उमेर छ भनेर त्यस्ता कुराहरुलाई वेवास्ता गर्दा पछि समस्या आउँछ ।
-बालबालिकामा मानवीय चेतनाको विकास गर्नुहोस् । उसलाई परोपकारी, दयालु, सहनशीलता, दानी, ज्ञानी, त्यागी, क्षमाशील, कर्तव्यनिष्ठ, सहिष्णु तथा उदार बन्नका लागि पठा पढाउनुहोस्, यही गुण उसलाई पद, प्रतिष्ठा तथा लोकप्रियता दिलाउछ ।

प्रतिक्रिया दिनुहोस्