Logo

नेपाल एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन



Spread the love

२८ कात्तिक, काठमाडौं । पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक स्वर्णपदक जितेको छ ।

बिहिबार ढाकामा भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० काे साेझाे सेटमा पराजित गर्न सफल भयो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि लिग चरणमा पनि नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।

त्यसअघि बिहिबारै किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो । किर्गिस्तानले २५–१३, २५–१४ र २५–१२ को सोझो सेटमा जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्