Logo

दुई उम्मेदवार विरुद्ध उजुरी



Spread the love

२९ कार्तिक, कपिलवस्तु – आगामी मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये दुई उम्मेदवारको विरुद्धमा उजुरी परेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको छ ।

यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता भएको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदको लागि उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्