Logo

‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’



Spread the love

२९ कार्तिक, काठमाडाैँ – उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले लोकतन्त्रलाई समृद्धि बनाउन लागि सञ्चारको ठूलो भूमिका रहेको बताएकी छन् । प्रेस सङ्गठनद्वारा बिहीबार नुवाकोटको ककनीमा आयोजित ‘लोकतन्त्रमा मिडिया दायित्व’ विषयको कार्यक्रममा उनले सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गरे मात्र लोकतन्त्र समृद्ध हुने बताइन् । उपसभामुख तुम्बाहाम्फेले मिडियाको समाजप्रति पनि दायित्व भएकाले सूचनालाई रुजु गरेर मात्र प्रकाशन गर्नपर्ने बताइन् ।

सामाजिक सञ्जाल प्रयोग गर्दा सही विषयलाई अनुशरण गर्ने, गलत सूचना सहयोग गर्न नहुने उनको धारणा थियो । कार्यक्रममा सांसद हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले समाजलाई सही सूचना दिनका लागि महत्वपूर्ण भूमिका रहेको बताइन् । प्रेस सङ्गठनका संयोजक महेश्वर दाहालले लोकतन्त्रलाई समृद्ध बनाउन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

कार्यक्रममा पत्रकार मातृका पौडेलले लोकतन्त्रका विकासमा मिडियाको उत्तरदायित्व र पत्रकार ऋतुराज सुवेदीले लोकतन्त्रका लागि सामाजिक सञ्जालका चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले मिडिया सरकारको प्रतिपक्ष हुने भए पनि समाजप्रति पूर्ण रुपमा दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस्