Logo

युरो कप छनोट: रोनाल्डोको ह्याट्रिकसंगै पोर्चुगल विजयी



Spread the love

२९ कात्तिक, काठमाडौं। युरो कप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा पोर्चुगलले लिथुआनियामाथि ६-० को फराकिलो जित निकालेको छ ।

सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा उनले अग्रता दोब्बर बनाए ।पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा चार गोल थप्यो । ५२ औं मिनेटमा पिज्जीले गोल गरे । ५६ औं मिनेटमा गोन्कालो पासिन्सिया र ६३ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता लियो । त्यसको दुई मिनेटपछि बर्नार्डो सिल्भाको पासमा रोनाल्डोले ५५ औं ह्याट्रिक पूरा गर्दा पोर्चुगलले ६–० को जित निकाल्यो ।

रोनाल्डोले यस ह्याट्रिकसँगै पोर्चुगलका लागि अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्याएका छन् । रोनाल्डोले पोर्चुगलका लागि मात्र ९ पटक ह्याट्रिक प्रहार गरेका छन् ।

यस जितसँगै पोर्चुगल ७ खेलमा १४ अंक बोकेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको युक्रेन १९ अंकसहित युरोको लागि छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्