Logo

कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा



Spread the love

२९ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत समूहको पाँचौ खेलमा नेपालले कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । खेल मंगलबार भुटानको चाङलिमिथाङ रंगशालामा आयोजना हुँदैछ ।

खेलका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक योहान कालिनले अन्तिम टोलीको घोषणा गरेका हुन् । फरवार्ड भरत खवासले टोलीमा कमब्याक गरेका छन् ।
नेपाली टोली :
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्स – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, मिक्छेन तामाङ
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, भरत खवास

प्रतिक्रिया दिनुहोस्