Logo

यस्ता कुराहरू कहिल्यै पनि आफ्नो प्रिय मित्रलाई सुनाउनु हुन्न



Spread the love

मानिसको सम्बन्ध केवल रगतको मात्र नभएर भावनाको पनि हुन्छ । मनसँग जोडिएको सम्बन्ध कहिलेकाहीँ रगतको सम्बन्धभन्दा पनि गहिरो हुने गर्छ। मानिसलाई आफ्नो हरेक कुरा सेयर गर्नका लागि एउटा मित्रको आवश्यकता पर्ने गर्दछ । जसले उसको हरेक कुरा सुनोस् र उसलाई हरेक क्षण साथ देओस् ।

विशेष गरेर युवती तथा महिलाहरु आफ्नो मिल्ने साथी समक्ष खुल्ला किताब जस्तै प्रस्तुत हुन्छन् । यद्यपि, जुन प्रिय मित्रलाई भरोसा गरिन्छ । के उन वास्तवमै भरोसाको लायक छिन् त ? साथी जतिसुकै नजिक भएतापनि केही त्यस्ता कुराहरु हुन्छन् । जुन उनीहरुलाई बताउनु हुँदैन । आज उनी तपाईंको मिल्ने साथी छिन् । तर, भोलि तपाईंहरुबीच मनमुटाव हुनसक्छ । त्यस्तो स्थितिमा उनले तपाईंको निजी र गोप्य कुराको गलत फाइदा उठाउन सक्छिन् ।
खुलेर चर्चा गर्नु हुँदैन
केही नजिकका साथीहरु धेरै चतुर हुन्छन् । जसले तपाईंसँग तपाईंको जिन्दगीको गोप्य कुराहरु ओकल्न लगाउँछन् । तर, आफ्नो बारेमा केही पनि भन्दैनन् । तपाईं उसलाई आफ्नो सम्झेर सबै कुरा भन्नुहुन्छ । तर, उनले तपाईंलाई आफ्नो जिन्दगीको त्यति मात्र कुरा भन्छिन् जति उनलाई भन्नुपर्छ जस्तो लाग्छ । अर्थात् आफ्नो गोप्य कुरा लुकाएर अरुको कुरा थाहा पाउन उनीहरुलाई रुचि हुन्छ । मिल्ने साथीसँग कुनै विषयमा विचार-विमर्श गर्नु अथवा उनको सल्लाह लिनु अवश्य गर्नुपर्छ । तर, त्यति मात्र गर्नुपर्छ, जति तपाईंलाई उचित लाग्छ । किनभने कुनै निर्णय त्यस्ता हुन्छन्, जसमा यदि गलत भयो भने जिन्दगीभरी पछुताउनु पर्छ ।
निजी कुराहरु अरुलाई सुनाउनु हुँदैन
केही महिलाहरु आफ्नो मिल्ने साथीलाई आफू र आफ्नो श्रीमानको विवाहेत्तर सम्बन्धको बारेमा बताउँछन् । त्यसरी उनी आफ्नी साथीलाई राजदार बनाउँछिन् । तर, साथीले कहिले र कहाँ त्यस्तो गोप्य कुरा खोलिदिन्छिन् । त्यस्ता कुराहरुले तपाईं भविष्यमा जुनै समय पनि समस्यामा पर्न सक्नुहुन्छ ।
नाटक र देखावटी
केही युवतीहरु हितैषी भएको नाटक अथवा देखावटी गर्छन् । तर, उनीहरुको मनमा शुरुदेखि नै छलकपट हुन्छ । साथी बनेर पछाडिबाट छुरा रोप्ने युवती अथवा महिलाहरुको कमी छैन । सुरुमा उनले तपाईंको जिन्दगीको सम्पूर्ण किताब पढ्न थाल्छिन् । जसबाट कहिले र कुन पन्नालाई एउटा हतियारको रुपमा प्रयोग गर्छन्, त्यो कुरा तपाई कल्पना पनि गर्न सक्नुहुन्न ।
साथी बनाउनुपर्छ
केही साथीहरुलाई विशेष दर्जा पनि दिनुपर्छ । तर, आँखा बन्द गरेर उनीहरुमा भरोसा गर्नु बुद्धिमानी होइन । त्यसको अर्थ कसैमा पनि भरोसा अथवा विश्वास नगर्नु भन्ने होइन अथवा हरेक साथीलाई शंकाको दृष्टिकोणले हेर्नुपर्छ भन्ने पनि होइन । तर, aतपाईंले आफ्ना केही गोप्य कुराहरु आफ्नो साथीलाई पनि बताउनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्